विराटनगरमा भव्य गाई जात्रा निकालियो

0
77

विराटनगर,२४ साउन । पछिल्लो समय विराटनगरमा गाई जात्रा पर्वको रौनता बढेको छ । केही वर्ष अघिसम्म सानोसानो समूहमा मात्र गाई जात्रा पर्व मनाइने भएपनि पछिल्लो समय भने यसको महत्व बढदै गएको हो । आज झिपुच विराटनगरको आयोजनामा भव्य गाई जात्रा निकालिएको छ । वर्षभरी निधन भएका आफन्तहरूको स्मरण गर्दै विषेश गरी नेवारी समुदायले दिवगत आत्माको चिर शान्तिको कामनासहित गाई जात्रा निकाल्ने परम्परा रहेको छ । तर पछिल्लो समय सबै जातजाति तथा समुदाय गाई जात्रामा सहभागी हुन थालेपछि यसको विराटनगरमा यसको महत्व बढेको हो । विराटनगरको झीपुचको कार्यालयदेखि निकालिएर्को यालीले नगरको विभिन्न भाग परिक्रामा गरेको थियो । यसरी नगर परिक्रमा गर्नाले वर्षभरी मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
……………..

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here