Tune to BFM 91.2|Biratnagar

विराटनगरमा मोबाइल पीसीआर टेस्टिङ हुने

विराटनगर ३ असोज । विराटनगर महानगरपालिकामा मोबाइल पीसीआर टेस्टिङ हुने भएको छ । स्थानीय स्रोतसाधन बाट अत्याधुनिक र सुविधासम्पन्न मोबाइल स्वाब भेन निर्माण गरी यो सेवा प्रवाह गर्न लागिएको हो ।

विराटनगर महानगरपालिका र रोटरी क्लब अफ विराटनगरको संयुक्त प्रयासमा स्वाब भेन निर्माण भएको हो । नेपालकै पहिलो गाडी उत्पादन कर्ता हुलास कम्पनीले ४ लाख लागतमा मोबाइल स्वाब भेनको निर्माण गरेको छ । भेनमा सेन्सर सेनिटाइजर ,भित्रैबाट बाहिर निर्देशन दिन सकिने र वातानुकुलित व्यवस्था मिलाइएको छ ।

पीसीआर र आरडीटी गर्न अत्यन्त सहज हुने बताइएको छ ।रोटरी क्लब अफ विराटनगरले जिम्मेवारी लिएर बनाएको सो मोबाइल स्वाब भेनको साँचो विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई हस्तान्तरण गरेको छ ।

स्वाब भेनको साँचो बुझ्दै प्रमुख पराजुलीले मोबाइल स्वाब भेनबाट विराटनगरका वृद्ध ,बालबालिका,अपाङ्ग तथा सुत्केरीहरुलाई सेवा दिइने उद्घोष गर्नुभएको छ ।उहाले आजबाटै विराटनगरमा सेवा प्रवाह गर्न मातहतका शाखालाई निर्देशन दिनुभएको छ ।

मोबाइल स्वाब भेन आए संगै सेवा लिन नसक्ने वर्ग लाभान्वित हुने स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button