विराटनगर, २३ माघ । प्रदेश नम्बर १ को अस्थायी राजधानी घोषणा भएर प्रदेशको पहिलो सांसद बैठक समेत सम्पन्न भइसकेको अवस्थामा विराटनगरबासीले अव विकासले फड्को मार्ने अपेक्षा राखेका छन् । विराटनगर अस्थायी रुपमा प्रदेश राजधानी बनिसकेको अवस्थामा अव विकासले फड्को मार्नु पर्ने विराटनगरका बासिन्दाको माग छ । विराटनगरका कौशल खनालले ऐतिहासिक सहर विराटनगर संधै विकासमा पछि परिरहेको बताउनु भयो । उहाँले अव अस्थायी राजधानी नै बनिसकेको अवस्थामा विकास निर्माणका कामले तिव्रता पाउने आशा व्यक्त गर्नु भयो । विराटनगर ९ का महमद दिलसाद विराटनगरमा कालोपत्रे गरिएको सडक नभएको भन्दै आक्रोस व्यक्त गर्नु हुन्छ । विराटनगरले मुलुक हाँक्ने नेता जन्माए पनि विकासमा भने फड्को मार्न नसकेको उहाँको भनाइ छ । विराटनगरकी सोनु श्रेष्ठले अस्थायी राजधानी विराटनगर भन्न पनि लाजमर्दो रहेको बताउनु भयो । ‘जताततै हिलो र धुलो मात्रै छ । पिच सडक नै छैन,’ उहाँले भन्नु भयो, ‘राजधानी बन्यो भन्छन् । तर बाटो बन्दैन, सडक बन्दैन, ढल बन्दैन ।’ राजधानीमा पाइला टेक्ने नेता र प्रदेश सांसदले विराटनगरको विकासमा ध्यान दिनु पर्ने उहाँको सुझाव छ । उहाँले भन्नु भयो, ‘नेताहरुले चुनावमा साइनो केलाई केलाई भोट मागेजस्तै विकास निर्माणमा पनि समस्या केलाई केलाई काम गर्नु पर्छ ।’
Must Read
आज दिउँसो १२ बजेसम्मका लागि त्रिभुवन विमानस्थल बन्द
मालिन्दो एयरको जहाज दुर्घटना भएपछि नेपालको एकमात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल आज बिहान पनि अवरुद्ध भएको छ । विदेशबाट यात्री लिएर आएका विमानहरु फर्काइएका छन्...