विराटनगरमा सात खेलाडी सम्मानित

विराटनगर, ९ साउन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा सहभागिता जनाएर पदक हात पारेका सात जना खेलाडीलाई आज विराटनगरमा सम्मान गरिएको छ ।

जननायक बीपी कोइरालाको ३९ औं स्मृति दिवसका क्रममा कांग्रेस विराटनगर महानगर समितिले खेलाडीलाई सम्मान गरेको हो ।

१३ औं साग खेलकुदमा ब्याडमिन्टनतर्फबाट महिला टोलीमा कास्य पदक हात पारेकी निता लम्साल, थ्रीस्टार क्लब पाटनमा आवद्ध अशोक खवास, भारतमा आयोजित विभिन्न प्रतियोगितामा स्वर्ण पदकधारी एरिजा मरिक, टेबलटेनिसका बोधित डिसी, तेक्वान्दोका नेत्रबहादुर कार्की, कराँतेका सुरज कामत र गोपालमान सिंहलाई ट्रयाकसुट र प्रशंसापत्रले सम्मान गरियो ।

ब्याडमिन्टन खेलाडी निता लम्सालले सम्मान पाउँदा खेलाडीलाई हौशला मिल्ने बताइन् । कांग्रेस महानगर समितिका उपसभापति अरुण अर्यालले आर्थिक रुपमा खेलबाट व्यवसायिकता झल्काउन अझै बाँकी रहेको बताउनु भयो ।

अखिल नेपाल फुटबल संघका प्रशिक्षक मनिष तिम्सिनाले खेलाडी तथा प्रशिक्षकलाई यसप्रकारको कार्यक्रमले सकारात्मक सोचतर्फ उन्मुख गराउने बताउनु भयो । कार्यक्रममा महानगरका प्रमुख भीम पराजुली, एन्फाका पूर्व मानार्थ उपाध्यक्ष सन्तोष बानियाँ लगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button