Tune to BFM 91.2|Biratnagar

विराटनगरमा ५ दिनका लागि निषेधाज्ञा

विराटनगर, ५ भदौ । विराटनगर महानगरपालिकामा भदौ १० गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले ५ दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिनुभयो । विराटनगर महानगरपालिकाले लगाएको २१ दिनको लकडाउन आज मध्यरातीबाट सकिदैछ ।

महानगरले ७ दिन निषेधाज्ञा जारी गर्न प्रस्ताव गरेको भएपनि सुरक्षा समितिले ५ दिन मात्र निषेधाज्ञा गर्ने निर्णय गरेको महानगर प्रमुख भीम पराजुलीले जानकारी दिनुभयो । विराटनगरमा कोरोना संक्रमितको संख्या ७७४ पुगेको छ । संक्रमणबाट ९ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button