विराटनगर भन्सारबाट दुई महिनामा २३ अर्बको आयात

विराटनगर, ९ असोज । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा विराटनगर भन्सारबाट पाँच अर्ब रुपैयाँ बराबरको सामग्री निर्यात भएको भन्सार कार्यलय विराटनगरले जनाएको छ ।

दुई महिनाको अवधिमा २३ अर्ब बराबरका सामग्री नेपालमा आयात भएको छ ।आर्थिक वर्ष २०७७÷७८ को साउन र भदौ महिनामा विराटनगर भन्सारबाट ५ अर्ब २१ करोड ४८ लाख ६१ हजार मूल्य बराबरको सामान निर्यात भएको हो ।

सोही अवधिमा २३ अर्ब २१ करोड ९६ लाख ३३ हजार मूल्य बराबरको सामान आयात भएको भन्सार कार्यालय विराटनगरले जनाएको छ ।साउनमा १० अर्ब ५४ करोड ८१ लाख ९५ हजार मूल्य बराबरको सामान आयात भएको छ भने २ अर्ब ३२ करोड ५६ लाख मूल्य बराबरको सामान निर्यात भएको छ ।भदौमा १२ अर्ब ६७ करोड १४ लाख ३७ हजार मूल्य बराबरको सामान आयात भएको छ ।

२ अर्ब ८८ करोड ९२ लाख ५७ हजार बराबरको सामान निर्यात भएको छ । निर्यातको ठूलो हिस्सा भटमासको तेलले ओगटेको छ । विराटनगर भन्सारबाट २ महिनाको अवधिमा १ अर्ब ७१ करोड ४७ लाख ८९ हजार मूल्य बराबरको भटमासको प्रशोधित तेल निर्यात भएको छ ।

त्यस्तै सेन्थेटिक यार्न (धागो) ८७ करोड ८२ लाख बढीको निर्यात भएको छ ।कपडा, जुटका बोरा, झोला, चाउचाउ, पास्ता, जीआई वायर लगायतका सामान निर्यात भएको भन्सार कार्यलय विराटनगरको तथ्यांकले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button