विराटनगर भन्सार कार्यालयका असुलीमा कमी

0
165


विराटनगर जेठ २
विराटनगर भन्सार कार्यालयका असुलीमा कमी आएको छ । चालु आर्थिक वर्षको वैशाखसम्मको लक्ष्यभन्दा १ अर्ब ३४ करोड २२ लाख ३४ हजार कम भन्सार असुली भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ  ।  गत आर्थिक वर्षभन्दा पनि १ अर्ब ७ करोड ९२ लाख २० हजार कम भन्सार असुली भएको कार्यालयको तथ्याङ्कले  देखाएको  छ । चालु आर्थिक वर्षको वैशाख महिनासम्ममा २० अर्ब ४० करोड भन्सार असुल गरेको भन्सार कार्यालयले गत वर्षको यही समयमा २० अर्ब ६२ करोड राजस्व संकलन गरेको जनाएको छ । चालु आर्थिक वर्षको वैशाख महिनाको राजस्व गत वर्षको यही अवधिको भन्दा २२ करोडले कमी भएको हो ।  गत वर्ष बन्द, हडतालले गर्दा अन्य नाकाबाट आयात हुने सामान पनि विराटनगर भन्सारबाटै आयात भएकाले राजस्व असुली बढी भएको कार्यालयले जनाएको छ । विराटनगर भन्सार कार्यालयबाट डिजेल, पेट्रोल, ग्यासलगायतका सामानहरु भित्रिने गरेको छ । यसमा पनि यो वर्ष भने डिजेल कम मात्रामा आयात भएको कार्यालयका प्रमुख बस्नेतको भनाइ छ । यो वर्ष सरकारले विराटनगर भन्सार कार्यालयबाट २५ अर्ब ८० करोड राजस्व उठाउने लक्ष्य राखेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here