Tune to BFM 91.2|Biratnagar

विराटनगर महानगरपालिकाले ल्यायो ३ अर्व ३७ करोडको बजेट

विराटनगर, १० असार । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ३ अर्व ३७ करोडको बजेट ल्याएको छ । आज महानगरपालिकाको छैठौं नगरसभामा उपप्रमुख इन्दिरा कार्कीले ३ अर्व ३७ करोड ८१ लाख १० हजार रुपैयाँको वजेट प्रस्तुत गर्नुभयो । चालु आर्थिक वर्षको भन्दा १ अर्व ७४ करोड ४९ लाख कम बजेट महानगरले ल्याएको छ ।

आगामी आर्थिक वर्ष २०७७र०७८ को बजेटमा महानगरपालिको प्रशासनिक खर्च तर्फ ३४ करोड १९ लाख ५० हजार, सामाजिक सुरक्षा तर्फ ३६ करोड र ल्याडफिल्डको जग्गा खरिद सहित वातावरण तथा फोहोरमैला व्यवस्थापन तर्फ ११ करोड ४९ हजार ५० हजार रुँपैया बराबरको बजेट विनियोजन गरेको छ ।

नगर स्वास्थ्य तर्फ १९ करोड ५७ लाख ९५ हजार, शैक्षिक विकास कार्यक्रम तर्फ ५६ करोड १३ लाख ५ हजार, महिला बालबालिका एवं युवा विकास तथा खेलकुद तर्फ २ करोड ९ लाख २४ हजार र भौतिक पुर्वाधार निर्माण लगायतका अन्य पुँजीगत खर्च तर्फ १ अर्ब ७१ करोड ७९ लाख ६५ हजार रुँपैया बराबरको बजेट विनियोजन गरिएको उपप्रमुख कार्कील बताउनुभयो ।

महानगरपालिकाले आन्तरिक स्रोतबाट ८९ करोड ८२ लाख १६ हजार ७ सय, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँडबाट ७६ करोड ८२ लाख ५२ हजार ९ सय ४० र संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ३८ करोड ७ लाख ६८ हजार प्राप्त गर्ने अनुमान गरेको छ ।

विराटनगर महानगरपालिकाद्धारा संघीय सरकार सशर्त अनुदानबाट १ अर्ब २ करोड ९ लाख, प्रदेश सरकार सशर्त अनुदानबाट २ करोड १० लाख ९ हजार १ सय ८०, संघीय सरकार बिशेष अनुदानबाट १३ करोड, प्रदेश सरकार समपूरक अनुदानबाट ३ करोड, वैदेशिक तथा अन्य संघसंस्थाको अनुदानबाट ३ करोेड २६ लाख ७८ हजार १ सय ८० र जनसहभागिताबाट ९ करोड ६२ लाख ५ हजार रुँपैया आर्जन हुने अनुमान गरिएको छ ।

विराटनगर महानगरपालिकाले ४ जना प्रजातन्त्र सेनानीलाई सम्मानित नगरसभाको अवसरमा सम्मानित गरेको छ । सम्मानित हुनेमा रमाप्रसाद रिजाल, शान्ता अधिकारी, शिवदत्त भट्टराई र श्याम सुब्वा रहेका छन् ।

महानगरपालिकाले प्रजातन्त्र सेनानीलाई मासिक २ हजार ५ सय आजीवन दिने घोषणा गरेको छ । स्वास्थ्यका कारण अन्य ३ जना प्रजातन्त्र सेनानीहरु कार्यक्रममा उपस्थित हुन नसकेको महानगरले जनाएको छ ।

विराटनगर महानगरपालिकाले एक घर एक रसिला फलफूलको नीति लिएको छ । हरेक घरमा रसिला फलफूलको विरुवा लगाउनका लागि महानगरले प्रोत्साहन गर्ने प्रमुख भीम पराजुलीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button