विराट एक्स्पोको तयारी अन्तिम चरणमा

विराटनगर, २८ माघ । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा फागुन २ देखि १० गतेसम्म हुने विराट एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ । संगठनका अध्यक्ष भीम घिमिरेका अनुसार एक्स्पोको उद्घाटन अर्थमन्त्री डा युवराज खतिवडाले गर्ने कार्यक्रम रहेको छ ।

एक्स्पोमा पहिले ३ सय १५ वटा स्टल राख्ने तयारी भएकोमा अत्यधिक मागका कारण थपेर ३ सय ३५ वटा पुर्याइएको अध्यक्ष घिमिरेले बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय र बहुराष्ट्रिय कम्पनीले पनि चासो देखाएको र मेलामा सहभागी हुन इच्छुक भएको उल्लेख गर्नुभयो । उहाँले भारत, भुटान, पाकिस्तान र बंगलादेशका व्यवसायीले स्टलका लागि आवेदन गरेको बताउनुभयो । उहाँका अनुसार एक्स्पोमा स्थानीय उत्पादनको बजारीकरणलाई महत्व दिइने छ ।

देशभित्रका हस्तकला, घरेलु उद्योग, कृषि, जडिबुटी उत्पादन र कृषि औजार आदिका स्टल पनि उल्लेखनीय हुनेछन ।

साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादन, बाल उद्यान, खानाका विभिन्न परिकार, सूचना प्रविधिको क्षेत्रमा भएका नयाँ उपलब्धिहरूको जानकारी, कृषिका उत्कृष्ट उत्पादनका छुट्टाछुट्टै प्रदर्शनी एक्स्पोको मुख्य विशेषता हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button