विराट एक्स्पो शुरु

विराटनगर, ३ फागुन । विराटनगर–२ स्थित शंकरपुरमा शुक्रबारदेखि ‘विराट एक्स्पो कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’ सुरु भएको छ ।

उद्योग संगठन मोरङले ‘आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने नाराका साथ आयोजना गरेको प्रदर्शनी मेलाको उद्घाटन अर्थमन्त्री युवराज खतिवडाले गर्नुभयोे । कार्यक्रममा अर्थमन्त्री खतिवडाले मुलुकमा लगानीको वातावरण बन्दै गएको बताउनुभयो ।

यस क्षेत्रलाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्न विराटनगर जुट मिलको सन्दर्भले मात्र नपुग्ने बताउनु भएका अर्थमन्त्री खतिवडाले उद्योग व्यवसायको प्राकृतिक चक्रलाई सबैले बुझ्नु आवश्यक रहेका प्रस्टाउनुभयो । जुट उत्पादन बढाउने उद्योगलाई सरकारले संरक्षण गर्ने बताउनुभयो । क्रस बोर्डर आर्थिक क्षेत्र बनाउँदै गरेको बताउँदै उनले त्यसलाई आधार बनाएर यहाँको औद्योगीकरणको बाँकी प्रक्रिया बढाउनेमा जोड दिनुभयो ।

सोही क्रममा विराटनगरको विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको हब बनाउन सकिने सन्दर्भमा सरकारले आर्थिक पक्षमा समस्या आउन नदिने मन्त्री खतिवडाले बताउनुभयो । यसअघि, उद्योग तथा बाणिज्य राज्यमन्त्री मोतीलाल दुगडले सरकारले उद्योगीलाई ज्वाइँ समान व्यवहार गर्ने गरेको बताउनुभयो ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले महानगरले जग्गा उपलब्ध गराएको खण्डमा प्रदेश सरकार बजेट लगानीमा प्रदर्शनीस्थल निर्माण गर्ने बताउनुभयो । कार्यक्रममा प्रदर्शनीका संयोजक भोलेश्वर दुलालले प्रदेश राजधानीमा समेत औद्योगिक केन्द्रको अभावमा रहेको गुनासो गर्नुभयोे ।

प्रदर्शनीमा नेपालको स्वदेशी उत्पादनसँगै भारत, पाकिस्तान, भुटान, बंगलादेशलगायतका सरसमान प्रदर्शनीमा राखिएको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *