विराट गोल्डकप फुटबलमा आजको दोस्रो सेमिफाइनलको अन्तिम खेलमा संकटा क्लब र थ्रीस्टारबीच प्रतिष्पर्धा हुने

0
290

विराटनगर, २३ चैत । विभागिय टिम त्रिभुवन आर्मी क्लब विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । विराटनगर स्थित सहिद रंगशालामा गएराती सम्पन्न पहिलो सेमिफाइनल खेलमा रमपम झापा ११ लाई १–० गोल अन्तरले हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । उपाधिका लागि आर्मीले आगामी सोमबार संकटा क्लब र थ्रीस्टारबीचको विजेतासंग फाइनल प्रतिष्पर्धा गर्नु पर्ने छ । आजको दोस्रो सेमिफाइनलको अन्तिम खेलमा संकटा क्लब र थ्रीस्टारबीच प्रतिष्पर्धा हुने छ । संकटा क्लबले एपिएफ र मोहम्दन स्पोटीड क्लबलाई पाखा लगाउदै सेमिफाइनल खेलमा प्रवेश गरेको हो भने थ्रीस्टारले मनाड मस्र्यादिलाई पाखा लगाउदै सेमिफाइनल यात्रा तय गरेको हो

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here