मनाङ र्मस्याङ्दी र विभागीय नेपाल पुलिसबीच प्रतिस्पर्धा हुँदै

0
138

वैशाख २८, २०७५ झापाको दमकमा जारी पहिलो दमक गोल्डकप फुटबलको उपाधिका लागि आज लक्ष्मी हुण्डाई मनाङ र्मस्याङ्दी र विभागीय नेपाल पुलिसबीच प्रतिस्पर्धा हुँदैछ । दुबै टोली बर्षको पहिलो उपाधि जित्ने लक्ष्यका साथ आज मैदान उत्रनेछन् । मनाङले उपाधि दाबेदार त्रिभुवन आर्मीलाई हराउँदै उपाधि यात्रा तय गरेको हो भने पुलिसले अर्काे विभागीय एपिएफलाई हराउँदै फाईनलमा स्थान बनाएको थियो । दुबै टोलीले उपाधि आफुले जित्ने दाबी गरेका छन् । मनाङका प्रशिक्षक फुजा टोपेले कडा मेहनत र उच्च आत्मबिश्वासको साथ आफ्नो टोली मैदान उत्रने बताएका छन् । पुलिसका प्रशिक्षक अनन्त राज थापाले आफ्नो टोलीमा युवा खेलाडिहरुको बाहुल्यता रहेकाले सो उर्जालाई मैदानमा प्रस्तुत गर्दै उपाधि हात पार्ने दाबी गरेका छन् । दुई टोलीबीचको प्रतिस्पर्धा दमक बहुमुखी क्याम्पसको खेल मैदानमा अपरान्ह ३ बजेपछि सुरु हुनेछ । प्रतियोगिताको उपाधि बिजेताले १३ लाख ११ हजार र उपबिजेता टोलीले ६ लाख ११ हजार रुपैयाँ हात पार्नेछन् ।

जततउःररदष्त.थिरद्दवल्क्ष्इथघ

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here