Tune to BFM 91.2|Biratnagar

विराट बुद्ध स्पोर्टिङ क्लबलाई खेलकुद सामग्री प्रदान

विराटनगर, असार १३ । विराटनगर–११ मा रहेको विराट बुद्ध स्पोर्टिङ क्लबलाई आज एक कार्यक्रमकाबीच खेलकुद सामग्री प्रदान गरिएको छ ।

क्लबले आज आयोजना गरेको कार्यक्रममा प्रदेशसभा सदस्य यशोदा अधिकारीले क्लबलाई फुटबल खेलका खेलकुद सामग्री हस्तान्तरण गर्नुभएको हो । दुई लाख ३० हजार रुपैयाँ बराबरको खेलकुद सामग्री क्लबलाई प्रदान गरिएको क्लबका सचिव खेम थापाले बताउनुभयो ।

खेलकुद सामाग्री हस्तान्तरण गर्दै सांसद यशोदा अधिकारीले खेलकुदका माध्यमबाट एउटा स्वास्थ समाज निर्माण गर्न सकिने भएकाले आफ्नो कोषबाट क्लबलाई सहयोग गरेको बताउनुभयो ।

सांसद विकास कोषको १ लाख ९७ हजार रुपैयाँ र क्लबको आन्तरिक स्रोतको ३३ हजार रुपैयाँको फुटबल खेलका सामग्री खरिद गरिएको क्लबका अध्यक्ष रोहितकुमार कोइरालाले बताउनुभयो ।

ट्रयाकसुट ६० जोर, जर्सी २५ जोर, फुटबल बुट २५ जोर, नेट १ सेट र फुटबल ३० थान क्लबलाई प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button