Tune to BFM 91.2|Biratnagar

विराट मेडिकल कलेजमा निशुल्क स्वास्थ्य कार्यक्रम सुरु

विराटनगर, ४ साउन । विराट मेडिकल कलेज टिचिङ हस्पिटल टंकीसिनवारी मोरंगले पहिलो पटक विपन्न नागरिक सेवा सञ्चालनमा ल्याएको छ ।

नेपाल सरकारद्धारा संञ्चालित निशुल्क स्वास्थ्य कार्यक्रम सुरु गरेको अस्पताल प्रशासनले जनाएको छ । साउन १ गतेबाट सेवा सञ्चालनमा ल्याएको छ ।

हेड, इन्जुरी, स्पाइनल इन्जुरी, अल्जाइमर र पार्किन्सस साथै हेमोडायलोसि जस्ता रोगको १ लाख ५ हजार सम्मको उपचार निशुल्क हुनेछ ।

सेवा लिनको लागि नागरिकता, फोटो र स्थानीयतहले विपन्न नागरिक भनि गरेको सिफारिस अनिवार्य रुपमा पेस गर्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button