विविध कार्यक्रम गरी देशैभर धान दिवस मनाईयो

विराटनगर, १५ असार । आज असार १५, विविध कार्यक्रम गरी देशैभर धान दिवस मनाइएको छ । ललितपुरको खुमलटारमा पनि कृषि विभाग, कृषि अनुसन्धान परिषद्ले औपचारिक कार्यक्रम आयोजना गरी रोपाईं महोत्सब मनाएको छ ।

कोरोना भाइरसको महामारी र सलह किराको त्रासका बीच पनि किसानलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ । कार्यक्रममा उपस्थित हुुभएका राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले धान खेतिको विकासका लागि उन्नत जातको धानको बीउ प्रयोग गर्ने वातावरण अझैपनि बन्न नसकेको बताउनुभयो ।

उहाँले अझै पनि तराईको ८० प्रतिशत भूभागमा पुराना जातहरुको रोपाई भइरहेको बताउनुभयो । उहाँले कृषि अनुसन्धान र किसानको बिचमा ठूलो खाडल रहेकाले उन्नत जातको बीउ किसानले पाउन नसकेको उहाँले बताउनुभयो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले कृषिमा अनुदानको मोडालिटी परिवर्तन गरी बैंकबाट ५ प्रतिशत ब्याजमा ऋण पाउने, मल तथा बीउमा अनुदान दिने व्यवस्था गरिएको बताउनुभयो । उहाँले जोखिम न्यूनीकरणका लागि बाली तथा पशुपन्छी बीमा प्रिमियममा ७५ प्रतिशत अनुदान दिइएको बताउनुभयो । नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक दिपक भण्डारीले नेपालमा विकास भएका धानको बीउको प्रयोग बढाउनुपर्ने बताउनुभयो ।

नेपालमा हर्दिनाथ हाइब्रिड एक र हर्दिनाथ हाइब्रिड तीन जातको धान विकास भइसकेकाले यसको प्रयोग बढाउनुपर्ने बताउनुभयो । नेपाल कृषि अनुसन्धान परिषद, बाली तथा बागवानीका निर्देशक हरिकृष्ण उप्रेतीले यस वर्ष असार १५ सम्म २२ प्रतिशत जमिनमा धान रोपाई सम्पन्न भएको जानकारी दिनुभयो ।

उहाँले उच्च पहाडी क्षेत्रमा करिब ३५ प्रतिशत, पहाडी क्षेत्रमा २२ प्रतिशत र तराई क्षेत्रमा धान लगाउन सुरु गरिएको बताउनुभयो । निर्देशक उप्रेतीले सलह किराबाट धानको बिउ जोगाउन निरन्तर अनुगमन गर्ने, झुल तथा छाप्रोको प्रयोग गर्ने लगायतका काम गर्न मोरङका विभिन्न स्थानमा समेत कार्यक्रमहरु आयोजना गरि धान दिवस मनाइएको छ । प्रदेश १ मा आज सम्म २१ प्रतिशत मात्रै रोपाई भएकोे छ ।

यो संख्या बिगतको भन्दा ४ प्रतिशतले बढी हो । गएको बर्ष मध्य असार सम्म प्रदेश एकमा १७ प्रतिशत रोपाई भएकोमा यसपटक असार १४ सम्ममा २१.४८ प्रतिशत रोपाई भएको प्रदेश एकको भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button