विश्वकप छनौटमा अमेरिकाको सम्भावना बलियो,

0
61

काठमाडौ, २१ असोज । अमेरिकाले आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा छनौट हुने सम्भावना बलियो बनाएको छ । उत्तर तथा मध्य अमेरिका र क्यारेबियन क्षेत्रको छनौट अन्तर्गत आज बिहान भएको खेलमा पानामामाथि ४–० को जित निकाल्दै अमेरिकाले विश्वकपमा छनौट हुने सम्भावना बलियो बनाएको छ । अमेरिकाको जितमा जोजी एल्टिडोरले दुई तथा क्रिष्टियन पुलिसिक र बबी वुडले एक एक गोल गरे । आठौँ मिनेटमा पुलिसिकले गोल गर्दै अमेरिकालाई सुुरुवाति अग्रता दिलाएका छन । अमेरिकाको ओरलाण्डोमा भएको खेलमा १९ औँ मिनेटमा एल्टिडोरले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे । ४३ औँ मिनेटमा पाएको पेनाल्टीमा एल्टिडोरले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा अमेरिकाले ३–० को अग्रता लियो । ६३ औँ मिनेटमा वुडले गोल गरेपछि अमेरिका ४–० ले विजयी भयो । जितपछि ९ खेलबाट अमेरिकाको १२ अंक भएको छ । अब अमेरिकाले मंगलबार ट्रिनिडाड एण्ड टोबागोसँग खेल्नेछ । सो खेलमा जित निकालेमा र दोस्रो स्थानमा रहेको कोस्टारिकालाई पानामाले हराएमा अमेरिकाले विश्वकपमा स्थान बनाउने सम्भावना रहन्छ । कोस्टारिकाले भोली होण्डुरसँग खेल्दैछ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here