विश्वकप फुटबलका लागि अहिलेसम्म आयोजक रुससहित १५ टिम छनौट

0
69

काठमाडौं, २३ असोज । आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि अहिलेसम्म आयोजक रुससहित १५ टिम छनौट भएका छन् । साबिक विजेता जर्मनी समूह चरणका सबै १० खेला जित्दै विश्वकपका लागि छनौट भएका छन् । अहिलेसम्म छनौट हुने टिममा आयोजक रुस, जर्मनी, ब्राजिल, इरान, जापान, मेक्सिको, कोस्टारिका, बेल्जियम, साउदी अरेबिया, दक्षिण कोरिया, स्पने, इंग्ल्याण्ड, नाइजेरिया, पोल्याण्ड र इजिप्ट छन् । अब १७ टिम छनौट हुन बाँकी छ । वेल्स र पोर्चुगलको प्ले–अफ बिना नै विश्वकपका लागि छनौट हुने सम्भावना अझै कायम छ भने तीनपटकको उपविजेता नेदरल्याण्डस् भने आउँदो विश्वकपमा नहुने लगभग निश्चित भइसकेको छ । यस्तै स्कटल्याण्ड पनि विश्वकपमा स्थान बनाउने यात्राबाट पाखा लागेको छ । दक्षिण अमेरिकाको प्रमुख तथा विश्वकप दाबेदारको रुपमा रहेको अर्जेन्टिना छनौट चरणमै समस्यामा परेको छ । छनौटको अन्तिम खेल बाँकी हुँदा अर्जेन्टिना प्ले–अफ स्थान भन्दा तल छ । यस्तै सिरिया भने प्ले–अफमा छ र उसले प्ले–अफ जितेमा अस्वभाविक रुपमा विश्वकपमा पुग्ने छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here