विश्वकप फुटबलमा क्रोएसियालाई ऐतिहासिक सफलता

0
174

ईङ्ल्याण्डलाई हराउँदै क्रोयसिया विश्वकप फुटबलको फाइनलमा पुगेको छ । प्रतिस्पर्धात्मक दोश्रो सेमिफाइनलमा गएराती ईङल्याण्डलाई २–१ गोल अन्तरले हराउँदै क्रोयसियाले फाइनलमा स्थान बनाएको हो । उपाधिका लागि फ्रान्स र क्रोएसियाबीच आगामी आइतवार राती पौने ९ बजे प्रतिस्पर्धा हुनेछ । फ्रान्स बेल्जियमलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो । आफ्नो पहिलो सहभागीतामा नै सन् १९९८ मा सेमिफाइनल सम्मको यात्रा तय गरेको क्रोयसियाको फाइनल यात्रा भने यो पहिलो हो । मस्कोस्थित लुज्निकि रङ्गशालामा ५ औं मिनेटमा किरन ट्रिपियरको गोलबाट ईङल्याण्डले अग्रता लिएको थियो । ईङ्ल्याण्डमाथि दवाव कायम गरेको क्रोएसियाले खेलमा फर्कन भने ६८ औं मिनेटसम्म कुर्न परेको थियो ।ईभान परिसिकले गोल गर्दै क्रोएसियाको आशा जगाएका थिए । अतिरिक्त समयको १९ औं मिनेटमा मारियो मान्डुज्किसले गोल गरेपछि क्रोयसिया ऐतिहासिक छलाङ मार्न सफल भयो । सुरुवाती अग्रता जोगाउन नसक्दा ईङ्गल्याण्डले ५२ वर्षपछि विश्वकप फाईनलमा पुग्ने ऐतिहासिक मौका गुमाएको हो । ईङल्याण्डले तेश्रो स्थानका लागी आगामी शनिवार बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here