विश्वकप फुटबलमा प्रि–क्वाटरफाईनलका खेल सकिंदै, यस्तो छ आजको भिडन्त

0
238

विश्वकप फुटबलमा प्रि–क्वाटरफाईनल अर्थात राउण्ड अफ सिक्सटिनका खेल आज(मंगलबार) सकिंदैछन् ।आज प्रि क्वाटरफाइनलका अन्तिम दुई खेल भएपछि रुसमा जारी विश्वकपको क्वाटरफाईनल समीकरण पूरा हुनेछ ।आज वेलुकी पौने ८ बजे सेन्ट पिटर्सवर्गमा स्विडेन र स्विट्जरल्याण्ड भिड्नेछन् ।विश्वकपको समुह एफ् मा रहेको स्विडेन समुह विजेताको रुपमा राउण्ड अफ सिक्सटिनमा पुगेको हो ।पहिलो खेलमा दक्षिण कोरियालाई हराएको स्विडेन दोस्रो खेलमा जर्मनीसँग पराजित भएको थियो ।तेस्रो तथा अन्तिम खेलमा मेक्सिकोलाई हराउँदै स्विडेन समुहका तीन खेलबाट ६ अंक जोड्दै नक आउट चरणमा उक्लिएको हो ।उता समुह ई मा रहेको स्विट्जरल्याण्ड समुह उपपिवजेता बन्दै राउण्ड अफ सिक्सटिनमा पुगेको हो ।पहिलो खेलमा ब्राजिलसँग बराबरी खेलेको स्विट्जरल्याण्डले दोस्रो खेलमा सर्वियालाई हरायो ।तेस्रो तथा अन्तिम खेलमा कोष्टा रिकासँग बराबरी खेल्दै स्विट्जरल्याण्ड राउण्ड अफ सिक्सटिनमा पुगेको हो ।आजै राति पौने १२ बजे इङ्ल्यान्ड र कोलम्बिया भिड्नेछन् । यो खेल रुसी राजधानी मस्कोस्थित स्पार्टाक एरिनामा हुनेछ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here