Tune to BFM 91.2|Biratnagar

विश्वका २२ लाख ५८ हजार ३७८ जनामा कोरोनाको संक्रमण

विराटनगर, ६ वैशाख । कोरोना भाइरसबाट विश्वभरका झण्डै २२ लाख मानिस संक्रमित भएका छन् । यो समाचार तयारपार्दा सम्म विश्वका २२ लाख ५८ हजार ३७८ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

विश्वका १ लाख ५४ हजार ३ सय ७१ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । ५ लाख ७५ हजार २८५ भन्दा बढि मानिस उपचारपछि घर फर्किएका छन् । कोरोनाको संक्रमण अमेरिकामा उच्च छ ।

पछिल्लो तथ्यांकअनुसार अमेरिकामा ७ लाख १० हजार २७२ जना बढिमा भाइरसको संक्रमण देखिएको छ । ३७ हजार १ सय ७५ जनाको मृत्यु भएको छ । अमेरिकापछि सबैभन्दा धेरै इटालीमा २२ हजार ७ सय ४५ जनाको मृत्यु भएको छ ।

१ लाख ७२ हजार ४३४ लाई संक्रमण देखिएको छ । स्पेनमा २० हजार २ जना मानिसले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यहाँ १ लाख ९० हजार ८३९ जना संक्रमण भएको छ । बेलायतमा १४ हजार ५ सय ७६ जनाकोे मृत्यु हुँदा १ लाख ८ हजार ६९२ संक्रमित भएका छन् । फ्रान्समा १८ हजार ६ सय ८१ जनाको मृत्यु हुँदा एक लाख ४७ हजार ९६९ जना संक्रमित भएका छन् ।

भारतमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या १४ हजार ४ सय २५ नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म भारतमा संक्रमित हुनेको संख्या १४ हजार ४ सय २५ पुगेको हो ।

भारतमा चार सय ८८ जना मानिसको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button