Tune to BFM 91.2|Biratnagar

विश्वभर कोरोनाका कारण २ लाख ९३ हजार २ सय बढीको मृत्यु

विराटनगर, ३१ वैशाख । विश्वभर कोरोना महामारीका कारण २ लाख ९३ हजार २ सय बढीको मृत्यु भएको छ ।

४३ लाख ६१ हजार ६ सय बढी संक्रमितमध्ये १६ लाख १२ हजार ९ सय भन्दा बढी मानिस उपचारपछि निको भएका छन् । पछिल्लो तथ्यांकअनुसार अमेरिकामा १४ लाख ८ हजार ६ सय बढी संक्रमितमध्ये ८३ हजार ४ सय २५ जनाको मृत्यु भएको छ ।

बेलायतमा ३२ हजार ६ सय ९२ जनाको मृत्यु भएको छ । यस्तै स्पेनमा २६ हजार ९ सय २० जनाको मृत्यु भएको छ । इटालीमा मृतकको संख्या ३० हजार ९ सय ११ पुगेको छ भने फ्रान्समा मृत्यु हुनेको संख्या २६ हजार ९ सय नाघेको छ ।

जर्मनीमा ७ हजार ७ सय ५६ जनाको मृत्यु भएको छ । चीनमा ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ । यस्तै रसियामा मृतकको संख्या २ हजार २ सय १२ पुगेको छ । भारतमा ७४ हजार ९ सय २५ संक्रमितमध्ये २ हजार ४ सय ३६ जनाको मृत्यु भएको छ ।

पाकिस्तानमा ३४ हजार ३ सय बढि संक्रमित मध्ये ७ सय ३७ जनाको मृत्यु भएको छ । यस्तै बंलादेशमा २ सय ६९, अफगानिस्तानमा १ सय ३२, श्रीलंकामा ९, माल्दिभ्समा ३ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button