Tune to BFM 91.2|Biratnagar

विश्वभर कोरोनाबाट १० लाख १९ हजारको मृत्यु

विराटनगर, १५ असोज । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या १० लाख १९ हजार पुगेको छ । आज साझ सम्म विश्वभर १० लाख १९ हजार ६ सय ५ जनाको मृत्यु भएको छ । आज विश्वभर १ हजार ३ सय ८८ जनाको ज्यान गएको छ ।

विश्वभर कोरोना संक्रमित हुनेको संख्या ३ करोड ४२ लाख ५ हजार नाघेको छ । विश्वभर ५६ हजार १ सय १० जना नयाँ संक्रमित थपिएका छन् । कोरोना संक्रमित भएका मध्ये २ करोड ५४ लाख ५९ हजार बढि उपचारपछि निको भएका छन् ।

६५ हजार ९ सय संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ११ हजार ७ सय पुगेको छ । संक्रमितको संख्या ७४ लाख ५० हजार नाघेको छ । भारतमा ६३ लाख १२ हजार ५८४ जना संक्रमित भएका छन् ।

कोरोना संक्रमणबाट ९८ हजार ७ सय ८ जनाको मृत्यु भएको छ । आज भारतमा २ हजार ३ सय १७ जना नयाँ संक्रमित थपिएका छन् । ब्राजिलमा ४८ लाख १३ हजार बढी संक्रमित हुँदा १ लाख ४३ हजार ९ सय बढीको ज्यान गएको छ । रसियामा ११ लाख ८५ हजार बढी संक्रमित भएका छन् । रसियामा २० हजार ८ सय बढिको मृत्यु भएको छ । कोलम्वियामा ८ लाख २९ हजार बढी संक्रमित मध्ये २५ हजार ९ सय बढीले ज्यान गुमाएका छन् ।

पेरुमा ८ लाख १४ हजार बढी संक्रमित हुँदा ३२ हजार ४ सय बढीको मृत्यु भएको छ ।स्पेनमा ७ लाख ६९ हजार बढी संक्रमित हुदा ३१ हजार ७ सय बढीको मृत्युभएको छ । अर्जेन्टीनामा ७ लाख ५१ हजार संक्रमित हुदा १६ हजार ९ सय बढिको मृत्यु भएको छ ।

मेक्सीकोमा संक्रमितको संख्या ७ लाख ४३ हजार नाघेको छ । मेक्सीकोमा ७७ हजार ६ सय बढीले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button