Tune to BFM 91.2|Biratnagar

विश्वभर कोरोनाबाट ४ लाख ७४ हजारको मृत्यु

विराटनगर, ९ असार । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ४ लाख ७४ हजार पुगेको छ । आज साँझ सम्म ४ लाख ७४ हजार ९ सय ६० जनाको मृत्यु भएको छ ।

आज दिनभरीमा विश्वभर १ हजार ४ सय ७६ जनाले ज्यान गुमाएका छन् । कोरोना भाईरसबाट हाल सम्म ९२ लाख १६ हजार संक्रमित भएका छन् । विश्वभर ३५ हजार २ सय ७५ नयाँ संक्रमित थपिएका छन् । संक्रमित भएका मध्ये ४९ लाख ६१ हजार बढि उपचारपछि निको भएका छन् ।

५७ हजार ८ सय बढी संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख २२ हजार ६ सय ११ पुगेको छ । संक्रमितको संख्या २३ लाख ८८ हजार नाघेको छ ।

ब्राजिलमा ११ लाख ११ हजार बढी संक्रमित हुँदा ५१ हजार ४ सय बढीको ज्यान गएको छ । रसियामा ५ लाख ९९ हजार बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या ८ हजार ३ सय नाघेको छ ।

भारतमा ४ लाख ४१ हजार ९ सय २४ जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट १४ हजार २८ जनाको मृत्यु भएको छ । भारतमा १ हजार ४ सय ७४ नयाँ संक्रमित थपिएका छन् । वेलायतमा संक्रमितको संख्या ३ लाख ५ हजार पुगेको छ । वेलायतमा ४२ हजार ६ सय बढीले ज्यान गुमाएका छन् ।

स्पेनमा २ लाख ९३ हजार बढी कोरोना संक्रमित मध्ये २८ हजार ३ सय बढीको मृत्यु भएको छ । पेरुमा २ लाख ५७ हजार ४ सय बढी संक्रमित हुँदा ८ हजार २ सय बढीको मृत्यु भएको छ ।

चिलिमा २ लाख ४६ हजारबढी संक्रमित मध्ये ४ हजार ५ सय बढीले ज्यान गुमाएका छन् । इटालीमा २ लाख ३८ हजार बढी संक्रमित भएका छन् । इटालीमा ३४ हजार ६ सय बढीको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button