Tune to BFM 91.2|Biratnagar

विश्वभर कोरोनाबाट ५ लाख २४ हजारको मृत्यु

विराटनगर, १९ असार । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ५ लाख २४ हजार पुगेको छ । आज साझ सम्म विश्वभर ५ लाख २४ हजार ८ सय २६ जनाको मृत्यु भएको छ ।

आज साँझ सम्म विश्वभर १ हजार ५ सय ८४ जनाले ज्यान गुमाएका छन् । कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या १ करोड १० लाख १८ हजार पुगेको छ । विश्वभर ४४ हजार २ सय २१ नयाँ संक्रमित थपिएका छन् ।

संक्रमित भएका मध्ये ६१ लाख ७५ हजार बढि उपचारपछि निको भएका छन् । ५७ हजार ९ सय बढी संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ३१ हजार ५ सय ३ पुगेको छ । संक्रमितको संख्या २८ लाख ३७ हजार नाघेको छ । अमेरिकामा आज ४ सय २३ जना नयाँ संक्रमित थपिएका छन् ।

ब्राजिलमा १५ लाख २ हजार बढी संक्रमित हुँदा ६२ हजार बढीको ज्यान गएको छ । रसियामा ६ लाख ६७ हजार बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या ९ हजार ८ सय नाघेको छ ।

भारतमा ६ लाख २८ हजार २ सय ५ जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट १८ हजार २ सय ४१ जनाको मृत्यु भएको छ । भारतमा आज १ हजार ३७ नयाँ संक्रमित थपिएका छन् । स्पेनमा २ लाख ९७ हजार बढी कोरोना संक्रमित मध्ये २८ हजार ३ सय बढीको मृत्यु भएको छ ।

पेरुमा २ लाख ९२ हजार संक्रमित हुँदा १० हजार बढीको मृत्यु भएको छ । चिलिमा २ लाख ८४ हजार बढी संक्रमित मध्ये ५ हजार ९ सय बढीले ज्यान गुमाएका छन् ।

वेलायतमा संक्रमितको संख्या २ लाख ८३ हजार ७ सय नागेको छ । वेलायतमा ४३ हजार ९ सय ५५ जनाले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button