Tune to BFM 91.2|Biratnagar

विश्वभर कोरोनाबाट ५ लाख ४ हजारको मृत्यु

विराटनगर, १५ असार । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ५ लाख ४ हजार ९ सय पुगेको छ । आज दिनभरीमा विश्वभर ८ सय ९७ जनाले ज्यान गुमाएका छन् ।

कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या १ करोड २ लाख ७३ हजार पुगेको छ । विश्वभर ३४ हजार ९ सय ७४ नयाँ संक्रमित थपिएका छन् । संक्रमित भएका मध्ये ५५ लाख ७४ हजार बढि उपचारपछि निको भएका छन् । ५७ हजार ४ सय बढी संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख २८ हजार ४ सय ३८ पुगेको छ । संक्रमितको संख्या २६ लाख ३७ हजार नाघेको छ । ब्राजिलमा १३ लाख ४५ हजार बढी संक्रमित हुँदा ५७ हजार ६ सय बढीको ज्यान गएको छ ।

रसियामा ६ लाख ४१ हजार बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या ९ हजार १ सय नाघेको छ । भारतमा ५ लाख ४९ हजार ९ सय ९१ जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट १६ हजार ५ सय ४ जनाको मृत्यु भएको छ ।

भारतमा आज दिनभरीमा ७ सय ९४ नयाँ संक्रमित थपिएका छन् । वेलायतमा संक्रमितको संख्या ३ लाख ११ हजार पुगेको छ । वेलायतमा ४३ हजार ५ सय बढीले ज्यान गुमाएका छन् । स्पेनमा २ लाख ९५ हजार ८ सय बढी कोरोना संक्रमित मध्ये २८ हजार ३ सय बढीको मृत्यु भएको छ ।

पेरुमा २ लाख ७९ हजार ४ सय बढी संक्रमित हुँदा ९ हजार ३ सय बढीको मृत्यु भएको छ । चिलिमा २ लाख ७१ हजार बढी संक्रमित मध्ये ५ हजार ५ सय बढीले ज्यान गुमाएका छन् । इटालीमा २ लाख ४० हजार बढी संक्रमित भएका छन् ।

इटालीमा ३४ हजार ७ सय बढीको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button