Tune to BFM 91.2|Biratnagar

विश्वभर कोरोनाबाट ६ लाखको मृत्यु

विराटनगर, ३ साउन । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ६ लाख नाघेको छ । आज साँझ सम्म विश्वभर ६ लाख १ सय ५६ जनाको मृत्यु भएको छ ।

आज दिनभरीमा विश्वभर १ हजार ६ सय १६ जनाले ज्यान गुमाएका छन् । कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या १ करोड ४२ लाख २३ हजार पुगेको छ । विश्वभर ४३ हजार ८ सय ७५ नयाँ संक्रमित थपिएका छन् ।

संक्रमित भएका मध्ये ८४ लाख ९१ हजार बढि उपचारपछि निको भएका छन् । ५९ हजार ७ सय संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ४२ हजार पुगेको छ । संक्रमितको संख्या ३७ लाख ७१ हजार नाघेको छ ।

ब्राजिलमा २० लाख ४९ हजार बढी संक्रमित हुँदा ७७ हजार ९ सय बढीको ज्यान गएको छ । भारतमा १० लाख ४४ हजार ९ सय ६३ जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट २६ हजार ३ सय ४७ जनाको मृत्यु भएको छ । भारतमा ४ हजार ५ सय ६ नयाँ संक्रमित थपिएका छन् ।

रसियामा ७ लाख ६५ हजार बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या १२ हजार २ सय पुगेको छ । पेरुमा ३ लाख ४५ हजार संक्रमित हुँदा १२ हजार ७ सय बढीको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकामा ३ लाख ३७ हजार बढी कोरोना संक्रमित मध्ये ४ हजार ८ सय बढीको मृत्यु भएको छ । मेक्सीकोमा संक्रमितको संख्या ३ लाख ३१ हजार नाघेको छ । मेक्सीकोमा ३८ हजार ३ सय बढीले ज्यान गुमाएका छन् ।

चिलिमा ३ लाख २६ हजार बढी संक्रमित मध्ये ८ हजार ३ सय बढीले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button