Tune to BFM 91.2|Biratnagar

विश्वभर कोरोनाबाट ६ लाख १४ हजारको मृत्यु

विराटनगर, ६ साउन । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ६ लाख १४ हजार पुगेको छ । आज साँझ सम्म विश्वभर ६ लाख १४ हजार २ जनाको मृत्यु भएको छ ।

आज दिनभरीमा विश्वभर १ हजार १ सय ५८ जनाले ज्यान गुमाएका छन् । कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या १ करोड ४८ लाख ८२ हजार पुगेको छ । विश्वभर ३६ हजार ७ सय ९१ नयाँ संक्रमित थपिएका छन् ।

संक्रमित भएका मध्ये ८९ लाख ३७ हजार बढि उपचारपछि निको भएका छन् । ६३ हजार ७ सय संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ४३ हजार ८ सय पुगेको छ । संक्रमितको संख्या ३९ लाख ६१ हजार नाघेको छ । ब्राजिलमा २१ लाख २१ हजार बढी संक्रमित हुँदा ८० हजार २ सय बढीको ज्यान गएको छ ।

भारतमा ११ लाख ५६ हजार १ सय ८९ जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट २८ हजार ९९ जनाको मृत्यु भएको छ । भारतमा १ हजार २ सय ७२ नयाँ संक्रमित थपिएका छन् । रसियामा ७ लाख ८३ हजार बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या १२ हजार ५ सय पुगेको छ ।

दक्षिण अफ्रिकामा ३ लाख ७३ हजार बढी कोरोना संक्रमित मध्ये ५ हजार १ सय बढीको मृत्यु भएको छ । पेरुमा ३ लाख ५७ हजार संक्रमित हुँदा १३ हजार ३ सय बढीको मृत्यु भएको छ ।

मेक्सीकोमा संक्रमितको संख्या ३ लाख ४९ हजार नाघेको छ । मेक्सीकोमा ३९ हजार ४ सय बढीले ज्यान गुमाएका छन् ।

चिलिमा ३ लाख ३३ हजार बढी संक्रमित मध्ये ८ हजार ६ सय बढीले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button