Tune to BFM 91.2|Biratnagar

विश्वभर कोरोनाबाट ६ लाख २० हजारको मृत्यु

विराटनगर, ७ साउन । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ६ लाख २० हजार पुगेको छ । आज साँझ सम्म विश्वभर ६ लाख २० हजार ३ सय ६ जनाको मृत्यु भएको छ ।

आज दिनभरीमा विश्वभर १ हजार ८ सय १३ जनाले ज्यान गुमाएका छन् । कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या १ करोड ५१ लाख २२ हजार पुगेको छ । विश्वभर ३८ हजार ६५ नयाँ संक्रमित थपिएका छन् । संक्रमित भएका मध्ये ९१ लाख ३८ हजार बढि उपचारपछि निको भएका छन् ।

६३ हजार ६ सय संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ४४ हजार ९ सय पुगेको छ । संक्रमितको संख्या ४० लाख २८ हजार नाघेको छ ।

ब्राजिलमा २१ लाख ६६ हजार बढी संक्रमित हुँदा ८१ हजार ५ सय बढीको ज्यान गएको छ । भारतमा ११ लाख ९५ हजार ६ सय ७४ जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट २८ हजार ७ सय ८१ जनाको मृत्यु भएको छ । भारतमा १ हजार ५ सय ८९ नयाँ संक्रमित थपिएका छन् ।

रसियामा ७ लाख ८९ हजार बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या १२ हजार ७ सय पुगेको छ । दक्षिण अफ्रिकामा ३ लाख ८१ हजार बढी कोरोना संक्रमित मध्ये ५ हजार ३ सय बढीको मृत्यु भएको छ ।

पेरुमा ३ लाख ६२ हजार संक्रमित हुँदा १३ हजार ५ सय बढीको मृत्यु भएको छ । मेक्सीकोमा संक्रमितको संख्या ३ लाख ५६ हजार नाघेको छ । मेक्सीकोमा ४० हजार ४ सय बढीले ज्यान गुमाएका छन् ।

चिलिमा ३ लाख ३४ हजार बढी संक्रमित मध्ये ८ हजार ६ सय बढीले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button