Tune to BFM 91.2|Biratnagar

विश्वभर कोरोनाबाट ६ लाख ५७ हजारको मृत्यु

विराटनगर, १३ साउन । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ६ लाख ५७ हजार पुगेको छ ।

आज साँझ सम्म विश्वभर ६ लाख ५७ हजार २ सय ७६ जनाको मृत्यु भएको छ । आज दिनभरीमा विश्वभर १ हजार १ सय ९३ जनाको ज्यान गएको छ । विश्वभर कोरोना संक्रमित हुनेको संख्या १ करोड ६६ लाख ७४ हजार पुगेको छ ।

विश्वभर ३८ हजार १ सय २० नयाँ संक्रमित थपिएका छन् । कोरोना संक्रमित भएका मध्ये १ करोड २ लाख ६४ हजार बढि उपचारपछि निको भएका छन् । ६६ हजार ५ सय संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ५० हजार ४ सय पुगेको छ । संक्रमितको संख्या ४४ लाख ३३ हजार नाघेको छ । ब्राजिलमा २४ लाख ४६ हजार बढी संक्रमित हुँदा ८७ हजार ७ सय को ज्यान गएको छ ।

भारतमा १४ लाख ८४ हजार १ सय ३६ जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट ३३ हजार ४ सय ६१ जनाको मृत्यु भएको छ । भारतमा १ हजार ६ सय ३३ नयाँ संक्रमित थपिएका छन् । रसियामा ८ लाख २३ हजार बढी संक्रमित भएका छन् ।

रसियामा मृत्यु हुनेको संख्या १३ हजार ५ सय पुगेको छ । दक्षिण अफ्रिकामा ४ लाख ५२ हजार बढी कोरोना संक्रमित मध्ये ७ हजार बढीको मृत्यु भएको छ । मेक्सीकोमा संक्रमितको संख्या ३ लाख ९५ हजार नाघेको छ ।

मेक्सीकोमा ४४ हजार बढीले ज्यान गुमाएका छन् । पेरुमा ३ लाख ८९ हजार संक्रमित हुँदा १८ हजार ४ सय बढीको मृत्यु भएको छ । चिलिमा ३ लाख ४७ हजार बढी संक्रमित मध्ये ९ हजार १ सय बढीले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button