Tune to BFM 91.2|Biratnagar

विश्वभर कोरोनाबाट ६ लाख ६४ हजारको मृत्यु

विराटनगर, १४ साउन । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ६ लाख ६४ हजार पुगेको छ ।

आज साँझ सम्म विश्वभर ६ लाख ६४ हजार २ सय ६६ जनाको मृत्यु भएको छ । आज दिनभरीमा विश्वभर १ हजार ७ सय ८४ जनाको ज्यान गएको छ । विश्वभर कोरोना संक्रमित हुनेको संख्या १ करोड ६९ लाख २८ हजार पुगेको छ ।

विश्वभर ४४ हजार ८ सय ११ नयाँ संक्रमित थपिएका छन् । कोरोना संक्रमित भएका मध्ये १ करोड ४ लाख ८९ हजार बढि उपचारपछि निको भएका छन् । ६६ हजार ६ सय संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ५२ हजार ३ सय पुगेको छ । संक्रमितको संख्या ४४ लाख ९८ हजार नाघेको छ । ब्राजिलमा २४ लाख ८४ हजार बढी संक्रमित हुँदा ८८ हजार ६ सयको ज्यान गएको छ ।

भारतमा १५ लाख ३८ हजार ८ सय ९९ जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट ३४ हजार २ सय ८५ जनाको मृत्यु भएको छ । भारतमा ६ हजार ७ सय ६४ नयाँ संक्रमित थपिएका छन् । रसियामा ८ लाख २८ हजार बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या १३ हजार ६ सय पुगेको छ ।

दक्षिण अफ्रिकामा ४ लाख ५९ हजार बढी कोरोना संक्रमित मध्ये ७ हजार २ सय बढीको मृत्यु भएको छ । मेक्सीकोमा संक्रमितको संख्या ४ लाख २ हजार नाघेको छ । मेक्सीकोमा ४४ हजार ८ सय बढीले ज्यान गुमाएका छन् ।

पेरुमा ३ लाख ९५ हजार संक्रमित हुँदा १८ हजार ६ सय बढीको मृत्यु भएको छ । चिलिमा ३ लाख ४९ हजार बढी संक्रमित मध्ये ९ हजार २ सय बढीले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button