विश्वभर कोरोनाबाट ६ लाख ८९ हजारको मृत्यु

विराटनगर, १८ साउन । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ६ लाख ८९ हजार पुगेको छ । आज साँझ सम्म विश्वभर ६ लाख ८९ हजार ४ सय ७६ जनाको मृत्यु भएको छ ।

आज दिनभरीमा विश्वभर १ हजार ४ सय ५४ जनाको ज्यान गएको छ । विश्वभर कोरोना संक्रमित हुनेको संख्या १ करोड ८० लाख ५१ हजार पुगेको छ । विश्वभर ४३ हजार १ सय ४६ नयाँ संक्रमित थपिएका छन् ।

कोरोना संक्रमित भएका मध्ये १ करोड १३ लाख ४८ हजार बढि उपचारपछि निको भएका छन् । ६५ हजार ७ सय संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ५७ हजार ९ सय पुगेको छ ।

संक्रमितको संख्या ४७ लाख ६४ हजार नाघेको छ । ब्राजिलमा २७ लाख ८ हजार बढी संक्रमित हुँदा ९३ हजार ६ सय बढीको ज्यान गएको छ । भारतमा १७ लाख ५७ हजार ३ सय ९३ जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट ३७ हजार ४ सय ४२ जनाको मृत्यु भएको छ । भारतमा आज दिनभरीमा ५ हजार ४ सय २७ नयाँ संक्रमित थपिएका छन् ।

रसियामा ८ लाख ५० हजार बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या १४ हजार बढीको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ५ लाख ३ हजार बढी कोरोना संक्रमित मध्ये ८ हजार १ सय बढीको मृत्यु भएको छ ।

मेक्सीकोमा संक्रमितको संख्या ४ लाख ३४ हजार नाघेको छ । मेक्सीकोमा ४७ हजार ४ सय बढीले ज्यान गुमाएका छन् ।

पेरुमा ४ लाख २२ हजार संक्रमित हुँदा १९ हजार ४ सय बढीको मृत्यु भएको छ । चिलिमा ३ लाख ५७ हजार बढी संक्रमित मध्ये ९ हजार ५ सय बढीले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button