विश्वभर कोरोनाबाट ६ लाख ८३ हजारको मृत्यु

विराटनगर १७ साउन । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ६ लाख ८३ हजार पुगेको छ ।

यो समाचार तयारपार्दा सम्म विश्वभर ६ लाख ८३ हजार ८ सय ६ जनाको मृत्यु भएको छ । आज दिनभरीमा विश्वभर १ हजार ४ सय १४ जनाको ज्यान गएको छ । विश्वभर कोरोना संक्रमित हुनेको संख्या १ करोड ७७ लाख ९५ हजार पुगेको छ ।

विश्वभर ४३ हजार २३ नयाँ संक्रमित थपिएका छन् । कोरोना संक्रमित भएका मध्ये १ करोड ११ लाख ८६ हजार बढि उपचारपछि निको भएका छन् । ६५ हजार ५ सय संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ५६ हजार पुगेको छ । संक्रमितको संख्या ४७ लाख ७ हजार नाघेको छ । ब्राजिलमा २६ लाख ६६ हजार बढी संक्रमित हुँदा ९२ हजार ५ सय बढीको ज्यान गएको छ

। भारतमा १७ लाख १ हजार ५ सय ३२ जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट ३६ हजार ५ सय ८७ जनाको मृत्यु भएको छ । भारतमा आज ४ हजार ४ सय ७८ नयाँ संक्रमित थपिएका छन् ।

रसियामा ८ लाख ४५ हजार ४ सय बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या १४ हजार ५८ पुगेको छ । दक्षिण अफ्रिकामा ४ लाख ९३ हजार बढी कोरोना संक्रमित मध्ये ८ हजार बढीको मृत्यु भएको छ ।

मेक्सीकोमा संक्रमितको संख्या ४ लाख २४ हजार नाघेको छ । मेक्सीकोमा ४६ हजार ६ सय बढीले ज्यान गुमाएका छन् ।

पेरुमा ४ लाख १४ हजार संक्रमित हुँदा १९ हजार २ सय बढीको मृत्यु भएको छ । चिलिमा ३ लाख ५५ हजार बढी संक्रमित मध्ये ९ हजार ४ सय बढीले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button