Tune to BFM 91.2|Biratnagar

विश्वभर कोरोनाबाट ७ लाख १८ हजारको मृत्यु

विराटनगर, २३ साउन । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ७ लाख १८ हजार पुगेको छ ।

आज साँझ सम्म विश्वभर ७ लाख १८ हजार ३ सय २८ जनाको मृत्यु भएको छ । आज दिनभरीमा विश्वभर १ हजार ५ सय ८३ जनाको ज्यान गएको छ । विश्वभर कोरोना संक्रमित हुनेको संख्या १ करोड ९२ लाख ९३ हजार पुगेको छ ।

विश्वभर ४६ हजार ८ सय २४ नयाँ संक्रमित थपिएका छन् । कोरोना संक्रमित भएका मध्ये १ करोड २३ लाख ८५ हजार बढि उपचारपछि निको भएका छन् । ६५ हजार २ सय संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ६२ हजार ८ सय पुगेको छ । संक्रमितको संख्या ५० लाख ३२ हजार नाघेको छ । ब्राजिलमा २९ लाख १७ हजार बढी संक्रमित हुँदा ९८ हजार ६ सय बढीको ज्यान गएको छ ।

भारतमा २० लाख ३३ हजार ८ सय ४७ जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट ४१ हजार ६ सय ८५ जनाको मृत्यु भएको छ । भारतमा ८ हजार ८ सय ३८ नयाँ संक्रमित थपिएका छन् । रसियामा ८ लाख ७७ हजार बढी संक्रमित भएका छन् । रसियामा १४ हजार ७ सय बढीको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकामा ५ लाख ३८ हजार बढी कोरोना संक्रमित मध्ये ९ हजार ६ सय बढीको मृत्यु भएको छ । मेक्सीकोमा संक्रमितको संख्या ४ लाख ६२ हजार नाघेको छ । मेक्सीकोमा ५० हजार ५ सय बढीले ज्यान गुमाएका छन् ।

पेरुमा ४ लाख ५५ हजार संक्रमित हुँदा २० हजार ४ सय बढीको मृत्यु भएको छ । चिलिमा ३ लाख ६६ हजार बढी संक्रमित मध्ये ९ हजार ८ सय बढीले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button