Tune to BFM 91.2|Biratnagar

विश्वभर कोरोनाबाट ७ लाख ११ हजारको मृत्यु

विराटनगर, २२ साउन । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ७ लाख ११ हजार पुगेको छ । आज साँझ सम्म विश्वभर ७ लाख ११ हजार ८ सय ८८ जनाको मृत्यु भएको छ ।

आज दिनभरीमा विश्वभर १ हजार ६ सय २ जनाको ज्यान गएको छ । विश्वभर कोरोना संक्रमित हुनेको संख्या १ करोड ९० लाख ६ हजार पुगेको छ । विश्वभर ४१ हजार ५ सय ७७ नयाँ संक्रमित थपिएका छन् ।

कोरोना संक्रमित भएका मध्ये १ करोड २१ लाख ९३ हजार बढि उपचारपछि निको भएका छन् । ६५ हजार ४ सय संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ६१ हजार ६ सय पुगेको छ । संक्रमितको संख्या ४९ लाख ७४ हजार नाघेको छ । ब्राजिलमा २८ लाख ६२ हजार बढी संक्रमित हुँदा ९७ हजार ४ सय बढीको ज्यान गएको छ ।

भारतमा १९ लाख ६७ हजार ७ सय जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट ४० हजार ७ सय ७२ जनाको मृत्यु भएको छ । भारतमा ४ हजार ४ सय ६१ नयाँ संक्रमित थपिएका छन् । रसियामा ८ लाख ७१ हजार बढी संक्रमित भएका छन् । रसियामा १४ हजार ६ सय बढीको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकामा ५ लाख २९ हजार बढी कोरोना संक्रमित मध्ये ९ हजार २ सय बढीको मृत्यु भएको छ । मेक्सीकोमा संक्रमितको संख्या ४ लाख ५६ हजार नाघेको छ । मेक्सीकोमा ४९ हजार ६ सय बढीले ज्यान गुमाएका छन् ।

पेरुमा ४ लाख ४७ हजार संक्रमित हुँदा २० हजार २ सय बढीको मृत्यु भएको छ । चिलिमा ३ लाख ६४ हजार बढी संक्रमित मध्ये ९ हजार ७ सय बढीले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button