Tune to BFM 91.2|Biratnagar

विश्वभर कोरोनाबाट ७ लाख २४ हजारको मृत्यु

विराटनगर, २४ साउन । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ७ लाख २४ हजार पुगेको छ । आज साँझ सम्म विश्वभर ७ लाख २४ हजार ७ सय ३२ जनाको मृत्यु भएको छ ।

आज दिनभरीमा विश्वभर १ हजार ५ सय ४८ जनाको ज्यान गएको छ । विश्वभर कोरोना संक्रमित हुनेको संख्या १ करोड ९५ लाख ७४ हजार पुगेको छ । विश्वभर ४१ हजार ९ सय ५५ नयाँ संक्रमित थपिएका छन् ।

कोरोना संक्रमित भएका मध्ये १ करोड २५ लाख ६८ हजार बढि उपचारपछि निको भएका छन् । ६५ हजार संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ६४ हजार पुगेको छ । संक्रमितको संख्या ५० लाख ९७ हजार नाघेको छ । ब्राजिलमा २९ लाख ६७ हजार बढी संक्रमित हुँदा ९९ हजार ७ सय बढीको ज्यान गएको छ ।

भारतमा २० लाख ९१ हजार ८ सय १० जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट ४२ हजार ६ सय २६ जनाको मृत्यु भएको छ । भारतमा ४ हजार ९ सय ४६ नयाँ संक्रमित थपिएका छन् ।

रसियामा ८ लाख ८२ हजार बढी संक्रमित भएका छन् । रसियामा १४ हजार ८ सय बढीको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ५ लाख ४५ हजार बढी कोरोना संक्रमित मध्ये ९ हजार ९ सय बढीको मृत्यु भएको छ ।

मेक्सीकोमा संक्रमितको संख्या ४ लाख ६९ हजार नाघेको छ । मेक्सीकोमा ५१ हजार ३ सय बढीले ज्यान गुमाएका छन् ।

पेरुमा ४ लाख ६३ हजार संक्रमित हुँदा २० हजार ६ सय बढीको मृत्यु भएको छ । चिलिमा ३ लाख ६८ हजार बढी संक्रमित मध्ये ९ हजार ९ सय बढीले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button