विश्वभर कोरोनाबाट ७ लाख ३९ हजारको मृत्यु

विराटनगर, २७ साउन । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ७ लाख ३९ हजार पुगेको छ ।

आज साँझ सम्म विश्वभर ७ लाख ३९ हजार ७ सय ८५ जनाको मृत्यु भएको छ । आज दिनभरीमा विश्वभर १ हजार ४ सय ८२ जनाको ज्यान गएको छ ।

विश्वभर कोरोना संक्रमित हुनेको संख्या २ करोड २ लाख ८१ हजार पुगेको छ । विश्वभर ३६ हजार ३ सय ३१ नयाँ संक्रमित थपिएका छन् । कोरोना संक्रमित भएका मध्ये १ करोड ३२ लाख ६ हजार बढि उपचारपछि निको भएका छन् ।

६४ हजार ७ सय संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ६६ हजार पुगेको छ । संक्रमितको संख्या ५२ लाख ५१ हजार नाघेको छ ।

ब्राजिलमा ३० लाख ५७ हजार बढी संक्रमित हुँदा १ लाख १ हजार बढीको ज्यान गएको छ । भारतमा २२ लाख ७१ हजार ३४ संक्रमित भएका छन् ।

कोरोना संक्रमणबाट ४५ हजार ३ सय ८३ जनाको मृत्यु भएको छ । भारतमा ३ हजार ८ सय ८१ नयाँ संक्रमित थपिएका छन् । रसियामा ८ लाख ९७ हजार बढी संक्रमित भएका छन् । रसियामा १५ हजार बढीको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ५ लाख ६३ हजार बढी कोरोना संक्रमित मध्ये १० हजार ६ सय बढीको मृत्यु भएको छ । मेक्सीकोमा संक्रमितको संख्या ४ लाख ८५ हजार नाघेको छ ।

मेक्सीकोमा ५३ हजार बढीले ज्यान गुमाएका छन् । पेरुमा ४ लाख ८३ हजार संक्रमित हुँदा २१ हजार २ सय बढीको मृत्यु भएको छ । कोलम्वियामा ३ लाख ९७ हजार बढी संक्रमित मध्ये १३ हजार १ सय बढीले ज्यान गुमाएका छन् ।
……………………

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button