Tune to BFM 91.2|Biratnagar

विश्वभर कोरोनाबाट ७ लाख ८९ हजारको मृत्यु

विराटनगर, ४ भदौ । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ७ लाख ८९ हजार पुगेको छ ।

आज विहान सम्म विश्वभर ७ लाख ८९ हजार ९ सय ४८ जनाको मृत्यु भएको छ । २४ घण्टामा विश्वभर ६ हजार ४ सय २९ जनाको ज्यान गएको छ । विश्वभर कोरोना संक्रमित हुनेको संख्या २ करोड २५ लाख ५५ हजार पुगेको छ । विश्वभर २ लाख ५८ हजार २ सय ९ नयाँ संक्रमित थपिएका छन् । कोरोना संक्रमित भएका मध्ये १ करोड ५२ लाख ८६ हजार बढि उपचारपछि निको भएका छन् । ६२ हजार संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ७६ हजार पुगेको छ । संक्रमितको संख्या ५६ लाख ९८ हजार नाघेको छ । ब्राजिलमा ३४ लाख ६० हजार बढी संक्रमित हुँदा १ लाख ११ हजार बढीको ज्यान गएको छ ।

भारतमा २८ लाख ३५ हजार ८ सय २२ संक्रमित भएका छन् । कोरोना संक्रमणबाट ५३ हजार ९ सय ९४जनाको मृत्यु भएको छ । भारतमा ६९ हजार १ सय ९६ नयाँ संक्रमित थपिएका छन् । रसियामा ९ लाख ३७ हजार बढी संक्रमित भएका छन् । रसियामा १५ हजार ९ सय बढीको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ५ लाख ९६ हजार बढी कोरोना संक्रमित मध्ये १२ हजार ४ सय बढीको मृत्यु भएको छ ।

पेरुमा ५ लाख ४९ हजार संक्रमित हुँदा २६ हजार ६ सय बढीको मृत्यु भएको छ । मेक्सीकोमा संक्रमितको संख्या ५ लाख ३१ हजार नाघेको छ । मेक्सीकोमा ५७ हजार ७ सय बढीले ज्यान गुमाएका छन् । कोलम्वियामा ५ लाख २ हजार बढी संक्रमित मध्ये १५ हजार ९ सय बढीले ज्यान गुमाएकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button