Tune to BFM 91.2|Biratnagar

विश्वभर कोरोनाबाट ८ लाख ५० हजारको मृत्यु

विराटनगर, १५ भदौ । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ८ लाख ५० हजार पुगेको छ ।

आज विहान सम्म सम्म विश्वभर ८ लाख ५० हजार १ सय ४६ जनाको मृत्यु भएको छ । २४ घण्टामा विश्वभर ४ हजार १ सय ६५ जनाको ज्यान गएको छ ।

विश्वभर कोरोना संक्रमित हुनेको संख्या २ करोड ५३ लाख पुगेको छ । विश्वभर २ लाख १९ हजार ५ सय ६८ नयाँ संक्रमित थपिएका छन् । कोरोना संक्रमित भएका मध्ये १ करोड ७६ लाख ९८ हजार बढि उपचारपछि निको भएका छन् ।

६१ हजार ३ सय संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ८७ हजार २ सय पुगेको छ । संक्रमितको संख्या ६१ लाख ७२ हजार नाघेको छ । ब्राजिलमा ३८ लाख ६२ हजार बढी संक्रमित हुँदा १ लाख २० हजार बढीको ज्यान गएको छ ।

भारतमा ३६ लाख १९ हजार १ सय ६९ संक्रमित पुगेका छन् । कोरोना संक्रमणबाट ६४ हजार ६ सय १७ जनाको मृत्यु भएको छ । भारतमा ७९ हजार नयाँ संक्रमित थपिएका छन् । रसियामा ९ लाख ९० हजार बढी संक्रमित भएका छन् । रसियामा १७ हजार बढीको मृत्यु भएको छ । पेरुमा ६ लाख ४७ हजार संक्रमित हुँदा २८ हजार ७ सय बढीको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकामा ६ लाख २५ हजार बढी कोरोना संक्रमित मध्ये १४ हजार बढीको मृत्यु भएको छ । कोलम्वियामा ६ लाख ७ हजार बढी संक्रमित मध्ये १९ हजार ३ सय बढीले ज्यान गुमाएका छन् । मेक्सीकोमा संक्रमितको संख्या ५ लाख ९१ हजार नाघेको छ ।

मेक्सीकोमा ६३ हजार ८ सय बढीले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button