विश्वभर कोरोनाबाट ९ लाख ४४ हजारको मृत्यु

विराटनगर, १ असोज । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ९ लाख ४४ हजार पुगेको छ ।

आज विहान सम्म विश्वभर ९ लाख ४४ हजार ४ सय ८८ जनाको मृत्यु भएको छ । २४ घण्टामा विश्वभर ६ हजार १ जनाको ज्यान गएको छ । विश्वभर कोरोना संक्रमित हुनेको संख्या ३ करोड १५ हजार पुगेको छ । विश्वभर २ लाख ९७ हजार ३ सय ८८ जना नयाँ संक्रमित थपिएका छन् । कोरोना संक्रमित भएका मध्ये २ करोड १७ लाख ६९ हजार बढि उपचारपछि निको भएका छन् । ६१ हजार २ सय संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख १ हजार पुगेको छ । संक्रमितको संख्या ६८ लाख २५ हजार नाघेको छ ।

भारतमा ५१ लाख १५ हजार ८ सय ९३ जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट ८३ हजार २ सय ३० जनाको मृत्यु भएको छ । भारत ९७ हजार ८ नयाँ संक्रमित थपिएका छन् । ब्राजिलमा ४४ लाख २१ हजार बढी संक्रमित हुँदा १ लाख ३४ हजार बढीको ज्यान गएको छ । रसियामा १० लाख ७९ हजार बढी संक्रमित भएका छन् । रसियामा १८ हजार ९ सय बढीको मृत्यु भएको छ ।

पेरुमा ७ लाख ३८ हजार संक्रमित हुँदा ३० हजार ९ सय बढीको मृत्यु भएको छ । कोलम्वियामा ७ लाख ३६ हजार बढी संक्रमित मध्ये २३ हजार ४ सय बढीले ज्यान गुमाएका छन् । मेक्सीकोमा संक्रमितको संख्या ६ लाख ७६ हजार नाघेको छ ।

मेक्सीकोमा ७१ हजार ६ सय बढीले ज्यान गुमाएका छन् । दक्षिण अफ्रिकामा ६ लाख ५३ हजार बढी कोरोना संक्रमित मध्ये १५ हजार ७ सय बढीको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button