Tune to BFM 91.2|Biratnagar

विश्वभर कोरोनाबाट ९ लाख ५७ हजारको मृत्यु

विराटनगर, ३ असोज । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ९ लाख ५७ हजार पुगेको छ । आज साझ सम्म विश्वभर ९ लाख ५७ हजार १ सय ८१ जनाको मृत्यु भएको छ ।

आज विश्वभर १ हजार ४ सय ४६ जनाको ज्यान गएको छ । विश्वभर कोरोना संक्रमित हुनेको संख्या ३ करोड ७ लाख ३४ हजार ४ सय नागेको छ । विश्वभर ४७ हजार ९ सय जना नयाँ संक्रमित थपिएका छन् । कोरोना संक्रमित भएका मध्ये २ करोड २३ लाख ६१ हजार उपचारपछि निको भएका छन् ।

६१ हजार ४ सय संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ३ हजार १ सय पुगेको छ । संक्रमितको संख्या ६९ लाख २७ हजार नाघेको छ ।

भारतमा ५३ लाख १२ हजार ५ सय ३७ जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट ८५ हजार ६ सय ५० जनाको मृत्यु भएको छ । आज भारतमा ७ हजार ६२ नयाँ संक्रमित थपिएका छन् । ब्राजिलमा ४४ लाख ९७ हजार ४ सय बढी संक्रमित हुँदा १ लाख ३५ हजार ८ सय बढीको ज्यान गएको छ ।

रसियामा १० लाख ९७ हजार बढी संक्रमित भएका छन् । रसियामा १९ हजार ३ सय बढिको मृत्यु भएको छ । पेरुमा ७ लाख ५६ हजार संक्रमित हुँदा ३१ हजार २ सय बढीको मृत्यु भएको छ । कोलम्वियामा ७ लाख ५० हजार बढी संक्रमित मध्ये २३ हजार ८ सय बढीले ज्यान गुमाएका छन् ।

मेक्सीकोमा संक्रमितको संख्या ६ लाख ८८ हजार ९ सय नाघेको छ । मेक्सीकोमा ७२ हजार ८ सय बढीले ज्यान गुमाएका छन् । स्पेनमा ६ लाख ५९ हजार बढी कोरोना संक्रमित मध्ये ३० हजार ५ सय बढीको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button