Tune to BFM 91.2|Biratnagar

विश्वभर कोरोनाबाट ९ लाख ६५ हजारको मृत्यु

विराटनगर, ५ असोज । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ९ लाख ६५ हजार पुगेको छ । आज साझ सम्म विश्वभर ९ लाख ६५ हजार ६ सय २९ जनाको मृत्यु भएको छ ।

आज विश्वभर ८ सय ६७ जनाको ज्यान गएको छ । विश्वभर कोरोना संक्रमित हुनेको संख्या ३ करोड १२ लाख ७४ हजार ८ सय नागेको छ । विश्वभर ४३ हजार ९ सय ४४ जना नयाँ संक्रमित थपिएका छन् ।

कोरोना संक्रमित भएका मध्ये २ करोड २८ लाख ५१ हजार ६ सय बढि उपचारपछि निको भएका छन् । ६१ हजार २ सय संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ४ हजार १ सय पुगेको छ । संक्रमितको संख्या ७० लाख ५ हजार ६ सय नाघेको छ ।

भारतमा ५४ लाख ५१ हजार ४ सय १० जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट ८७ हजार ९ सय ३३ जनाको मृत्यु भएको छ । आज भारतमा ५ हजार ७ सय ९८ जना नयाँ संक्रमित थपिएका छन् । ब्राजिलमा ४५ लाख ४४ हजार ६ सय बढी संक्रमित हुँदा १ लाख ३६ हजार ८ सय बढीको ज्यान गएको छ ।

रसियामा ११ लाख ९ हजार बढी संक्रमित भएका छन् । रसियामा १९ हजार ४ सय बढिको मृत्यु भएको छ । पेरुमा ७ लाख ६८ हजार ८ सय बढी संक्रमित हुँदा ३१ हजार ३ सय बढीको मृत्यु भएको छ । कोलम्वियामा ७ लाख ६५ हजार बढी संक्रमित मध्ये २४ हजार बढीले ज्यान गुमाएका छन् ।

मेक्सीकोमा संक्रमितको संख्या ६ लाख ९७ हजार नाघेको छ । मेक्सीकोमा ७३ हजार ४ सय बढीले ज्यान गुमाएका छन् । दक्षिण अफ्रिकामा ६ लाख ६१ ह्जार बढी कोरोना संक्रमित मध्ये १५ हजार ९ सय बढीको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button