Tune to BFM 91.2|Biratnagar

विश्वभर कोरोनाबाट ९ लाख ७६ हजारको मृत्यु

विराटनगर, ७ असोज । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ९ लाख ७६ हजार पुगेको छ । आज साझ सम्म विश्वभर ९ लाख ७६ हजार ३ सय ४५ जनाको मृत्यु भएको छ । आज दिनभरीमा विश्वभर १ हजार ५ सय ८७ जनाको ज्यान गएको छ ।

विश्वभर कोरोना संक्रमित हुनेको संख्या ३ करोड १८ लाख २९ हजार २ सय नागेको छ । आज विश्वभर ५९ हजार ४ सय ९३ जना नयाँ संक्रमित थपिएका छन् । कोरोना संक्रमित भएका मध्ये २ करोड ३४ लाख ३१ हजार बढि उपचारपछि निको भएका छन् । ६२ हजार १ सय संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ५ हजार ४ सय पुगेको छ । संक्रमितको संख्या ७० लाख ९८ हजार २ सय नाघेको छ । भारतमा ५६ लाख ५० हजार ५ सय ४० जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट ९० हजार ७७ जनाको मृत्यु भएको छ ।

भारतमा आज १० हजार ४४ जना नयाँ संक्रमित थपिएका छन् । ब्राजिलमा ४५ लाख ९५ हजार बढी संक्रमित हुँदा १ लाख ३८ हजार १ सय बढीको ज्यान गएको छ । रसियामा ११ लाख २२ हजार २ सय बढी संक्रमित भएका छन् । रसियामा १९ हजार ७ सय बढिको मृत्यु भएको छ । पेरुमा ७ लाख ७६ हजार ५ सय बढी संक्रमित हुँदा ३१ हजार ५ सय बढीको मृत्यु भएको छ ।

कोलम्वियामा ७ लाख ७७ हजार बढी संक्रमित मध्ये २४ हजार ५ सय बढीले ज्यान गुमाएका छन् । मेक्सीकोमा संक्रमितको संख्या ७ लाख ५ हजार २ सय नाघेको छ । मेक्सीकोमा ७४ हजार ३ सय बढीले ज्यान गुमाएका छन् ।

स्पेनमा ६ लाख ८२ हजार २ सय बढी संक्रमित हुदा ३० हजार ९ सय बढीको मृत्युभएको छ । दक्षिण अफ्रिकामा ६ लाख ६३ हजार २ सय बढी कोरोना संक्रमित मध्ये १६ हजार १ सय बढीको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button