Tune to BFM 91.2|Biratnagar

विश्वभर २ लाख ५२ हजार ५ सय ४८ जनाको मृत्यु

विराटनगर २३ वैशाख । कोरोना महामारीका कारण विश्वभर २ लाख ५२ हजार ५ सय ४८ जनाको मृत्यु भएको छ ।

३६ लाख ५७ हजार ७ सय ३३ जना संक्रमित मध्ये १२ लाख २ हजार ७ सय ३५ जना उपचारपछि निको भएका छन् ।पछिल्लो तथ्यांक अनुसार कोरोनाका कारण अमेरिकामा ६९ हजार ९ सय २५ जनाको मृत्यु भएको छ ।

संक्रमितको संख्या १२ लाख २१ हजार ९ सय ५५ पुगेको छ ।इटालीमा २ लाख ११ हजार ९ सय ३८ संक्रमितमध्ये २९ हजार ७९ जनाको मृत्यु भएको छ ।स्पेनमा २ लाख ४८ हजार बढी कोेरोना संक्रमित मध्ये २५ हजार ४ सय २८ जनाको मृत्यु भएको छ ।

बेलायतमा संक्रमितको संख्या १ लाख ९० हजार ५ सय नाघ्दा २८ हजार ७ सय बढीको मृत्यु भएको छ ।फ्रान्समा संक्रमितको संख्या १ लाख ६९ हजार ४ सय नाघेको छ । जसमध्ये २५ हजार २ सय जनाको मृत्यु भइसकेको छ ।

यस्तै जर्मनीमा १ लाख ६६ हजार १ सय ५२ संक्रमितमध्ये ६ हजार ९ सय ९३ जनाको मृत्यु भएको छ ।टर्कीमा संक्रमितको संख्या १ लाख २७ हजार ६ सय ५९ पुगेको छ ।

भारतमा पनि कोरोना संक्रमणको दर उच्च छ ।४६ हजार ४ सय ७६ जनामा संक्रमण देखिएको छ भने १ हजार ५ सय ७१ जनाको मत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button