Tune to BFM 91.2|Biratnagar

विश्वमा कोरोनाका कारण ४ लाख ३२ हजार ८ सय ९८ जनाको मृत्यु

विराटनगर, ३२ जेठ । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ४ लाख ३२ हजार पुगेको छ । आज साँझ सम्म ४ लाख ३२ हजार ८ सय ९८ जनाको मृत्यु भएको छ । आज दिनभरीमा विश्वभर ९ सय ८० जनाले ज्यान गुमाएका छन् ।

कोरोना भाईरसबाट हाल सम्म ७८ लाख ९७ हजार संक्रमित भएका छन् । विश्वभर ३७ हजार ४ सय ६४ जना नयाँ संक्रमित थपिएका छन् । विश्वभर संक्रमित भएका मध्ये ४० लाख ५७ हजार बढि उपचारपछि निको भएका छन् । ५४ हजार १ सय ५२ संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख १७ हजार ५ सय ३३ पुगेको छ । संक्रमितको संख्या २१ लाख ४२ हजार नाघेको छ । ब्राजिलमा ८ लाख ५० हजार बढी संक्रमित हुँदा ४२ हजार ७ सय बढीको ज्यान गएको छ । रसियामा ५ लाख २८ हजार ९ सय बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या ६ हजार ८ सय ४८ रहेको छ ।

भारतमा ३ लाख २२ हजार ६ सय ४७ जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट ९ हजार २ सय ५ जनाको मृत्यु भएको छ । भारतमा १ हजार २१ नयाँ संक्रमित थपिएका छन् । वेलायतमा संक्रमितको संख्या २ लाख ९४ हजार ३ सय नाघेको छ । वेलायतमा ४१ हजार ६ सय बढीले ज्यान गुमाएका छन् ।

स्पेनमा २ लाख ९० हजार ६ सय बढी कोरोना संक्रमित मध्ये २७ हजार १ सय ३६ जनाको मृत्यु भएको छ । इटालीमा २ लाख ३६ हजार ६ सय बढी संक्रमित भएका छन् । इटालीमा ३४ हजार ३ सय बढीको मृत्यु भएको छ ।

पेरुमा २ लाख २५ हजार १ सय बढी संक्रमित हुँदा ६ हजार ४ सय बढीको मृत्यु भएको छ । इरानमा १ लाख ८७ हजार ४ सय बढी संक्रमित मध्ये ८ हजार ८ सय ३७ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button