Tune to BFM 91.2|Biratnagar

विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड ३४ लाख पुग्यो

विराटनगर , १० कात्तिक । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ४ करोड ३४ लाख नाघेको छ ।

आज साझ सम्म विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ४ करोड ३४ लाख ३६ हजार ५८६ पुगेको छ । अमेरिकामा ८८ लाख ८९ हजार संक्रमित फेला परेका छन् । भारतमा ७९ लाख ११ हजार बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

ब्राजिलमा कोरोना संक्रमितको संख्या ५३ लाख ९४ हजार नाघेको छ भने रुसमा १५ लाख ३१ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । विश्वभर अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ लाख ६० हजार पुगेको छ । अमेरिकामा २ लाख ३० हजार ५सय बढीको मृत्यु भएको छ ।

ब्राजिलमा मृत्यु हुनेको संख्या १ लाख ५७ हजार १ सय पुगेको छ । भारतमा १ लाख १९ हजार बढीले ज्यान गुमाएका छन् । विश्वभर ३ करोड १९ लाख ४९ हजार संक्रमित निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button