विश्वमा कोरोना संक्रमित ३ करोड ९६ लाख पुगे

विराटनगर, १ कात्तिक । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ३ करोड ९६ लाख नाघेको छ ।

आज सँँझ सम्म विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ३ करोड ९६ लाख ४९ हजार ८१८ पुगेको छ । अमेरिकामा ८२ लाख ८८ हजार संक्रमित फेला परेका छन् । भारतमा ७४ लाख ३२ हजार बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

ब्राजिलमा कोरोना संक्रमितको संख्या ५२ लाख १ हजार नाघेको छ भने रुसमा १३ लाख ८४ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । विश्वभर अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ लाख १० हजार पुगेको छ । अमेरिकामा २ लाख २३ हजार ६ सय बढीको मृत्यु भएको छ ।

ब्राजिलमा १ लाख ५३ हजार २ सय बढीको मृत्यु भएको छ । भारतमा १ लाख १३ हजार बढीले ज्यान गुमाएका छन् । विश्वभर २ करोड ९६ लाख ८९ हजार संक्रमित निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button