विश्व क्रिकेट लिग डिभिजन टू मा नेपालले आज युएईसँग खेल्दै

0
347

काठमाडौं, २८ माघ । विश्व क्रिकेट लिग डिभिजन टू मा नेपालले आज युएईसँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो १ ः ३० बजेपछि नामिबियाको विण्डहकमा रहेको युनाइटेड मैदानमा सुरु हुनेछ । अघिल्ला दुई मध्ये एक खेल मात्र जितेको नेपाललाई प्रतियोगिताका शिर्ष २ मा रहन आजको खेल जित्नुपर्ने दवाव छ । युएईले पनि २ मध्ये एक खेल हारेकाले आजको खेलमा जित महत्वपूर्ण छ । यो खेलमा पराजित हुने टोलीका लागि प्रतियोगिताको शिर्ष २ मा रहँदै विश्वकप छनोट खेल्ने सपना पूरा गर्न कठिन हुनेछ । नेपालले यसअघि नामिबियालाई १ विकेटले हराएको थियो भने ओमानसँग ६ विकेटले पराजित भएको थियो । युएईले यसअघि केन्यालाई २ सय १८ रनले हराएको थियो भने क्यानडासँग २३ रनले पराजित भएको थियो । रन औसतका आधारमा युएई नेपालभन्दा अघि अर्थात अंक तालिकाको दोस्रो स्थानमा छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here