विश्व जनसंख्या दिवस आज नेपालमा पनि मनाइँदै

0
33

विश्व जनसंख्या दिवस नेपालमा आज पनि मनाइदैछ । संयुक्त राष्ट्रसघंको आह्वानअनुसार प्रत्येक बर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सम्बन्धि संघसंस्थाको पहलमा विभिन्न कार्यक्रम हुँदैछ । यसवर्ष जनसंख्या दिवसको नारा ‘युवामा लगानी गरौं’ भन्ने राखिएको छ । दिवसका अवसरमा शुभकामना दिदै स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले देश विकासमा युवा जनशक्तिलाई परिचालन गर्न राज्यले युवाहरुको पहिचान गरी विशेष नीति र कार्ययोजना ल्याउने बताएका छन् । अधिकारीले देशले युवा लक्षित लगानी गर्न सके देश विकासमा ठूला टेवा पुग्ने बताए। विश्वमा १० देखि २४ वर्ष उमेर समुहका मानिसहरूलाई युवा मानिन्छ। नेपालमा यो उमेरका करिब ३३ प्रतिशत जनसंख्या रहेको मन्त्रालयले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here