Tune to BFM 91.2|Biratnagar

वीपीमा एक संक्रमितको मृत्यु

विराटनगर , ३० भदौ । सुनसरीको धरानमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । धरान १७ का ७० बर्षीया वृद्धको आज साढे २ वजेतिर उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार स्वास्थ्यमा समस्या आएपछि उनलाई भदौ २७ गते अस्पताल भर्ना गरिएको थियो ।

उनमा २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । मृतकमा ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button