Tune to BFM 91.2|Biratnagar

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फेरी लकडाउन

विराटनगर, १४ साउन । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानभित्र फेरी लकडाउन गरिएको छ ।

प्रतिष्ठानका डाक्टरका श्रीमान् र डिस्चार्ज भएर घर गएका विरामीमा कोरोना पोजेटिभ देखिएपछि संक्रमण फैलनसक्ने भन्दै लकडाउन गरिएको छ । प्रतिष्ठानका रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीका अनुसार लकडाउन प्रतिष्ठानको आवास क्षेत्रमा बिशेष गरी केन्द्रीत गरिएको छ भने ओपिडी, वार्डलगायत अस्पताल क्षेत्रमा सामाजिक दुरी कायम गर्न कडाई गरिएको छ ।

प्रतिष्ठानका रजिष्टार डा. रेग्मीले एक सूचना जारी गर्दै आवास र छात्रवासमा बस्ने शिक्षक, कर्मचारीका परिवारलगायत विद्यार्थीहरुलाई अत्यावश्यक काममा बाहेक आफ्नो आवासबाहिर नजान निर्देशन दिनुभएको छ ।

प्रतिष्ठानको हाताभित्रको खेलमैदान, सडक र अन्यत्र हिडडुल गरेको पाइएमा सुरक्षाकर्मीद्वारा कारबाही हुने पनि सुचनामा उल्लेख गरिएको छ ।

यसैगरि, प्रतिष्ठान बाहिर वा अन्यत्र स्थान वा जिल्ला जानु परेमा पुर्वस्वीकृति लिएर मात्र जान भनिएको छ भने पुर्वस्वीकृति नलिएको पाइए कानुन वमोजिम कारबाही हुने चेतावनी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button